५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सुर्तीजन्य पदार्थरहित अभियानमा बिराटनगर महानगरपालिका सर्बोत्कृष्ठ

१८ जेठ, काठमाडौं । विश्व सुर्तीजन्य पदार्थरहित अभियान सञ्चालनमा बिराटनगर महानगरपालिका सर्बोत्कृष्ठ भएको छ । अभियान मुलुकभरका ७ सय ५३ वटै स्थानीय तहमा सञ्चालन भएको थियो ।

बिराटनगर महानगरपालिकाले सबै स्थानीय तहलाई उछिनेर सर्बोत्कृष्ठ पुरस्कार पाएको छ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसमा महानगरपालिकालाई पुरस्कार दिइएको हो ।

स्वाथ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले महानगरपालिकालाई सर्बोत्कृष्ठ पुरस्कार दिएका हुन् । पुरस्कार महानगरपालिकाका मेयर नागेश कोइरालाले लिएका छन् ।

पुरस्कार वितरणका लागि बुधवार काठमाडौंमा बिशेष कार्यक्रम गरिएको थियो । पुरस्कार जितेपछि महानगरपालिकाका मेयर कोइरालाले सुर्तीजन्य अभियान सञ्चालनमा ७ सय ५३ स्थानीय तहमध्ये बिराटनगर महानगरपालिका सर्बोत्कृष्ठ हुनु गर्वको बिषय रहेको बताए ।

उनले भने,‘हामीले महानगरपालिकाभर सुर्तीजन्य पदार्थरहित अभियान सञ्चालन गरेका थियौं । अभियान प्रभावकारी बन्यो । सोही कार्यलाई आज कदर भएको छ । हामी ७ सय ५३ वटा स्थानीय तह मध्ये सर्बोत्कृष्ठ भएका छौं ।’

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार ०१:२४