५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

दैनिक_राशिफल

जेठ १६ मंगलबार

मेष :- प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शनसँगै यत्रतत्र यश कीर्ति फैलिने ।

वृष :- यात्राको क्रममा विविध बिध्न बाधाहरु आइपर्नुका साथै मनमा शङ्का तथा चिन्ताले डेरा जमाउने ।

मिथुन :- आफन्तजन इष्टमित्रसँगको मतभेद तथा कार्यमा अवरोधको सामाना गर्नुपर्ने ।

कर्कट :- आरोग्यतामा थप वृद्धि आउनुका साथै मनमा प्रसन्नता छाउने ।

सिंह :- आर्थिक समस्याले सताउनुका साथै मानसिक रुपमा असन्तोषको वातावरण सिर्जित हुने ।

कन्या :- विशिष्ट व्यक्तिको साथ सहयोग प्राप्त हुने साथै सामाजिक मान सम्मानमा वृद्धि हुने ।

तुला :- आफन्तबाटै प्रतिपक्षीको भूमिमा खेलिनुका साथै अनावश्यक ठाउँमा धननाश हुने सम्भावना ।

वृश्चिक :- अनायासै अर्थ, वस्त्र, उपहार लाभसँगै मन प्रसन्न हुने समाचार सुन्न पाइने ।

धनु :- आँटे ताकेका कार्य बीचैमा रोकिए पनि स्वास्थ्य स्थिति भने अनुकूल रहने ।

मकर :- राज्यपक्षबाट असहयोग वातावरण बन्नुका साथै व्यापार व्यवसायमा नोक्सानीको सामाना गर्नुपर्ने ।

कुम्भ :- वादविवाद , वैचारिक मतभेदमा नपरेकै श्रेयस्कर हुनुका साथै स्वास्थ्यस्थितिको विशेष ख्याल गर्नुपर्ने ।

मीन :- थालेको कार्यले सफलताको मार्ग पक्रिएसँगै मनमा हर्ष, खुशी तथा आनन्दानुभूति हुने ।

शुभ दिन !
© ज्यो. सूर्य पौडेल
________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार ०७:२२