५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नारायणगढ बुटबल खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड विनियोजन

१५ जेठ, काठमाडौं । पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । नारायणगढ– बुटवल र कमला – कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने छ। कमला– ढल्केवर – पथलैया, वुटवल – गोरूसिङ्गे, काकडभिट्टा – लौकही, पथलैया – नारायणगढ र लमही – भालुवाङ्ग सडक खण्डको स्तरोन्नति शुरू गरिने भएको छ ।

नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण शुरू गरिने उनले बताएका छन् । पूर्व – पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरेको अर्थमन्त्री डा. महतले जानकारी दिएका हुन् ।

नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफल युक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उनले बताए । दुर्घटना कमगर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने उनले बताएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १८:५१