५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नुवाकोटको दुप्चेश्वरसहित देशका एक दर्जन मन्दिरको संरक्षण र सौन्दर्यीकरण गरिने

१५ जेठ, काठमाडौँ । सरकारले नुवाकोटको दुप्चेश्वर महादेवको मन्दिरसहित देशका एक दर्जन महत्वपूर्ण मन्दिरहरूको संरक्षण र सौन्दर्यीकरणको काम गर्ने भएको छ । सोमबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले नुवाकोटको दुप्चेश्वर, सुदुरपिश्चमको बडिमालिका लगायतका मन्दिरहरूको संरक्षण र सौन्दर्यीकरण गर्ने घोषणा गरे । उनकाले यसका लागि आवश्यक बजेट बिनियोज गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १८:२७