५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चौधरी रिहाविरुद्व स्वतन्त्र युवाहरुको विरोधः आममाफी दिने सरकारका लागि मौन धारण

१५ जेठ, काठमाडौं । स्वतन्त्र नागरिकहरुको समुह भनिएको मेन्स रुम रिलोडेल, एम.आर.आरले जघन्य अपराधमा सजाय पाएकालाई आममाफी दिइएको भन्दै विरोध गरेको छ ।

सोमवार काठमाडौंको माईतीघरमा उनीहरुले सरकारलाई मृत घोषणा गर्दै मौन धारण समेत गरे । कुनै पनि किसिमका नाराबाजी, पम्प्लेट ब्यानर नबोकि ३० मिनेट मौनधारण गरेका उनीहरुले सरकारले कानूनी राज्यको उपहास गरेको टिप्पणी गरे ।

गणतन्त्र दिवसको अवसरमा कैलालीस्थित टिकापुर घटनामा दोषीपूर्व सांसद रेशम चौधरीलाई सरकारले रिहाई गरको भन्दै उनीहरुको असन्तुष्टि जनाएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १६:२०