१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

रास्वपा संघीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

४ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संघीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनित गरेको छ ।

आज बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

मनोनित भएकाहरूमा समीक्षा बाँस्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, बिमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना,  धनेज थापा, अजित खड्का, पवित्रा थापा, बिमल तामाङ, दामोदर नेपाल, नवराज थापा, सुरज प्रधान, रुस्तम अन्सारी, डा सुशील शाह र शीतल भुसाल हुनुहुन्छ ।

प्रकाशित मिति : December 19, 2025 at 4:06 pm