२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

वार्षिक विकास कार्यक्रम र मध्यमकालिन खर्च संरचना योजना आयोगको पूर्ण बैठकबाट पारित

१५ जेठ, काठमाडौँ । बजेटसँगै संसदमा टेवुल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको छ ।

सोमबार सिंहदरबारमा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य अर्थमन्त्री डा प्रकाशशरण महत, मूख्य सचिव सहित सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले दुबै दस्तावेज पारित गरेको योजना आयोगका प्रेस सल्लाहकार डम्बारप्रसाद आचार्यले दैनिकीलाई जानकारी दिए ।

उनले अब यसपछि मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आय र व्यव बिबरण पारित हुने बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १४:३२