चितवनको कुरिनटारमा सवारी दुर्घटनाः २ जनाको मृत्यु ७ जना घाइते, ४ को अवस्था गम्भीर
३१ असोज, काठमाडाैँ । चितवनको कुरिनटारमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन । पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले पोखराबाट धादिङतर्फ जाने क्रममा कुरिनटारमा रोकि राखेको ग २ च १७५१ नम्बरको भ्यानलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका ७ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौरले बताए। दुर्घटनामा ट्यांकर सडकबाट तल खसेको थियो । भ्यानमा दशैं मनाउन हिँडेका परिवार सवार रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ३१ आश्विन २०७५, बुधबार १४:५८












