१३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026

मानुषी लघुवित्तले बाेलायाे वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?

११ जेठ, काठमाडाैं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीकाे जेठ १० गते बसेकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णयअनुसार संस्थाको वार्षिक साधारणसभा जेठ ३२ गते भक्तपुरको लोकन्थलीस्थित दिव्यश्वरी पार्टी प्याले एन्ड क्याटरिङ सर्भिसमा बिहान १०ः३० बजेबाट सुरू हुनेछ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

प्रबन्धपत्र र निमायवलीमा नियमनकारी निकायबाट संशोधन वा परिवर्तन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने, सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिका नयाँ सदस्यको नियुक्ति तथा अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लघुवित्तको वार्षिक साधारणसभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १०:१६