१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

निर्माताले आफ्नो सारी फुकाल, हिरोको माथी चढ र आफ्नो सरिर रगड भनेः अभिनेत्री सिंह


३० असोज, काठमाडाैँ ।  बलिउड अभिनेत्री चित्रांगदा सिंह पनि याैन हिंसामा परेको खुलासा भएको छ । सन् २०१६ मा सिंहले खेलेको चलचित्र ‘बाबुमोशाई बन्दुकबाज’ का निर्माता कुशन नंदीले सुटिङको बेला उनलाई याैन दूर्व्यवहार गरेको उनले बताएकी छिन । एक खबरका अनुसार, चित्रांगदालाई नंदीले सुटिङको समयमा भनेका थिए, ‘आफ्नो सारी फुकाल, हिरोको माथी चढ र आफ्नो सरिर रगड ।’

त्यतिबेला जब चित्रांगदाले यसको विरोध गरिन्, नंदीले उनलाई तबसम्म सताइरहे जबसम्म उनी झुकिनन् । मिडिया रिपोर्टका अनुसार चित्रागदाले यो कुराको खुलासा आफैँले गरिन् कि त्यो समयमा फिल्ममा उनका साथी अभिनेता अर्थात उनका सह कलाकार नवाजुद्धिन सिद्दिकी पनि उनको समर्थनमा अगाडि बढेनन् ।

 सहयोग गर्नुको सट्टा निर्देशकले कसरी उनलाई सताइरहेको छ हेर्दै बसेको कुरा चित्रांगदाले मिडियासामु बोलेकी छिन् । उनले बताइन्, ‘ मैले यस्तो काम गर्न सक्दिन भनेर अनुरोध पनि गरें । तर निर्देशकले झगडा गर्नु केही छैन, जे आवश्यक छ त्यही गर भने । मलाई यस्तो गर्नको लागि धम्की दिएको थियो । यही कारण फिल्मका केही कलाकार फेर्नुपरेको थियो । तर नवाज भने चुपचाप बसेका थिए ।’

प्रकाशित मिति : ३० आश्विन २०७५, मंगलवार २१:४१

https://srdb.com.np/