२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

चिकित्सा शास्त्रका विद्यार्थी डिनको कार्यलयमै रिले अनसनमा

८ जेठ, काठमाडौं । चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना माग पुरा गर्न माग गर्दै चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयमै रिले अनसन थालेका छन् ।

मौका परिक्षा दिन पाउनुपर्ने र मौका परीक्षाको व्यवस्था गर्न नसके पढ्न नपाएका वर्षको रकम फिर्ता गर्नु पर्ने माग राख्दै उनीहरुले डिनको कार्यालयमा अनसन थालेका हुन् ।

आन्दोलनमा सहभागि मुकेश यादवले जति विद्यार्थी ब्यारियरमा परेका छन् उनिहरुलाई एक पटक मात्र भएपनि परीक्षा दिन पाउने व्यवस्था मिलाउन माग गरे ।

उनले भने, ‘हाम्रो माग भनेको अहिलेसम्म जति विद्यार्थी ब्यारियरमा परेका छन् उनिहरुलाई एक पटक मात्र भएपनि परीक्षा दिन पाउनु पर्याे यसको लागि २४ घण्टाको लागि रिले अनसनमा बसिरहेका छौ । हाम्रो माग हामीलाई कित मौका परिक्षा दिनु प¥र्यो, किनभने कारोनामा पनि धेरै पीडित छ । ’

उनले पढाई नभएपनि पाँच वर्षको गरेर नेपालीको लगभग ४५ देखि ५० लाख, भारतीय साथीहरुलाई ५० लाख देखि ६० आइसि नेपालको १ करोड जति रकम लिएको भन्दै परीक्षाको मौका नपाए पैसा फिर्ता हुनुपर्ने बताए । स्ववियू सभापति रुविका बस्नेतले क्याम्पस प्रमुखले विश्व विद्यालयको सम्पत्ति आफ्नो खातामा सारेर त्यसको दुरुपयोग समेत गरेकोले आन्दोलन थाल्नु परेको बताइन् ।

उनले यस विषयमा अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले पत्राचार गरेको र यस विषयमा डिनको कार्यालयबाट पनि समिति बनाएको हुदाँ निष्पक्ष रुपमा काम गरेर दोषिलाई कारवाही गर्नुपर्ने आफूहरुको माग रहेको बताईन् ।

उनले भने, ‘महाराजगंज नर्सिङ् कलेजमा भएको भ्रष्टाचार आवाजलाई उठाउन हामी यहाँ आएका हौ ।विश्व विद्यालयको सम्पत्ति आफ्नो खातामा सारेर त्यसको दुरुपयोग गरिएको भन्ने विषयमा अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले पत्राचार काटि सकेको छ र यसको विषयमा डिनको कार्यालयबाट पनि समिति बनाएको छ । यसले निश्पक्ष रुपमा काम गरेर सत्य सावित भएको दोषिलाई कारवाही गर्नुपर्छ भन्ने माग रहेको छ । ’

उनले शिक्षक भएपछि राजनीतिक हिसाबले भन्दा पनि विद्यार्थीहरुले के सिकिरहेका छन् भन्ने कुराहरुमा बढि ध्यान दिनुपर्ने भन्दै माथिल्लो तहमा बसेर क्याम्पस प्रमुखले गरेको कामलेक्याम्पसको शिर झुकेको बताईन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १६:४६