नेप्सेमा १३ लाख २० हजार कित्ता बोनस सेयर सूचिकृत
८ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ प्रतिशत बोनस बापतको १३ लाख २० हजार कित्ता सेयर सूचिकृत भएको हो ।
उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।
प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १५:२८












