सेयर बजारमा सुधार कायमै, दुई कम्पनीको सेयरमा सर्किट
७ जेठ, काठमाडौं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८८ अकंले बढेर १८८३.२० बिन्दुमा बन्द भएको छ । आज २७३ कम्पनीको ४८ लाख २८ हजार ७७६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ । यस दिन आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काारेबार भएकाे छ ।
प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १५:१७












