२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

देशको असमान्य आर्थिक अवस्थालाई सरकारले लुकाउन खोज्याेः केपी ओली

७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम व्यवसायीको खस्केको मनोबल उकास्ने गरी आउन नसकेको दावी गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष ओलीले देशको असमान्य आर्थिक अवस्थालाई सरकारले लुकाउने खोजेको आरोप समेत लगाए ।

उनले भने ‘ व्यवसायीको खस्केको मनोवल लगायतका यथार्थहरुलाई सम्बोधन गर्ने गरि नीति तथा कार्यक्रमहरु आएका छैनन् । अझ दुर्भाग्यपूर्ण त के छ भने देश असामान्य अवस्थामा रहेको यथार्थलाई सरकारले लुकाउन खोजेको छ । लुकाउन मात्र हैन् रोम जलिरहेको छ निरो बाँसुरी बजाईरहको छ । दस्तावेज यति विरोधाभाषी छ बुँदा नं ५ मा भन्छ सब ठीकठाक छ विश्वास बढेको छ उत्साह बढेको छ अर्थतन्त्र सप्रेको छ । १४ औं नम्बरमा पुग्दा अर्थतन्त्र अप्ठ्यारोमा छ । सरकार बेखबर भएको हो कि ? नबुझेको हो कि? बुझेर पनि जनताले बुझेछन भनेर हो कि? अल्मल्याउन खोजेको हो कि?

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १२:५६