१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

सरकारले किसानलाई रासायनिक मल समयमा नै उपलब्ध गराउने


५ जेठ, काठमाडौं । सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई बहुवर्षीय आयोजनामा राखेर कार्यान्वयन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो ।

नीति तथा कार्यक्रममा भनिएको छ ‘ रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई बहुवर्षीय आयोजनामा राखिनेछ । स्थानीय तहमा जैविक मल कारखाना स्थापना गर्न प्रोत्साहन गर्ने नीति रहेको छ । ‘एक टोल एक सामूहिक कृषि उत्पादन’ र ‘एक वडा एक विशेष उत्पादन’कार्यक्रम अघि बढाइनेछ । ’

उनले स्थानीय तहमा जैविक मल कारखाना स्थापना गर्न प्रोत्साहन गर्ने नीति रहेको समेत बताए । बाँझो जमिनमा युवालाई प्रोत्साहन गर्ने नीति रहेको समेत उनको भनाइ छ ।

यसको साथै सरकारले ‘एक टोल एक सामूहिक कृषिउत्पादन’ र ‘एक वडा एक विशेष उत्पादन’कार्यक्रम अघि बढाउने घोषणा गरेको छ । ‘एक पालिका एक उत्पादन क्षेत्र’नीतिपनिलिने घोषणा भएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १७:२४