८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

६ कम्पनीकाे बोनस सेयर सेयरधनीकाे खातामा जम्मा, कुनको कति ?

५ जेठ, काठमाडौं । विभिन्न छ कम्पनीहरूले सेयरधनीहरुको हितग्राही खातामा बाेनस सेयर जम्मा गरेका छन् । कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्तावित बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेका हुन् ।

१) ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था

कम्पनीकाे फागुन १४ गते सम्पन्न १० औं वार्षिक साधारण सभाबाट पारित गत आर्थिक वर्षको १२ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेकाे हाे ।

२) स्वाभिमान लघुवित्त वित्तिय संस्था

कम्पनीको चैत ११ गते सम्पन्न छैंटौं वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर सेयरधनीहरूकाे सम्बन्धित डिम्याट खातामा जम्मा भएकाे हाे ।

३) आशा लघुवित्त वित्तिय संस्था

कम्पनीकाे चैत ११ गते सम्पन्न छैंटौं वार्षिक साधारण सभाले पारित गरेकाे १४.२८५७ प्रतिशत बाेनस सेयर फागुन २५ गते कायम सेयरधनीहरुको डिम्याट  खातामा जम्मा गरेकाे हाे ।

४) मिर्मिरे लघुवित्त वित्तिय संस्था

कम्पनीको पुस ९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीकाे खातामा जम्मा गरेकाे हाे ।

५)  ज्योति विकास बैंक

बैंकको गत फागुन १४ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाबाट पारित चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर असोज १३ गतेसम्म सेयर अभौतिकिकरण गरेका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको हाे ।

६) साल्ट ट्रेडिङ्ग कर्पोरेशन

कम्पनीले १० प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेकाे छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १५:१२