माई खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त
४ जेठ, काठमाडाैं । माई खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ। कम्पनीको संचालक समितिको निर्णयअनुसार शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।
अब माई खोला हाइड्रोपावरको धितोपत्रसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेड मार्फत हुने भएको छ ।
प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १३:१६












