८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

सिटि होटलको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?

४ जेठ, काठमाडाैं । सिटि होटल लिमिटेडको आईपीओ भाेलि जेठ ५ गते शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि  निष्काशन गरेकाे आईपीओ शुक्रबार बिहान ९ः३० बजे कार्यालयमा बाँडफाँड हुने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ११ लाख ६१ हजार २८० आवेदकबाट १ अर्ब २७ करोड ८८ लाख ९९ हजार रुपैयाँ बराबरकाे  १ करोड २७ लाख ८८ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । जुन माग भन्दा ९.४३ गुणा बढी हो ।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ३५ हजार ५९४ जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत ९१६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गरेको थियो।

जस मध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरेको हो । बाँकी ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयर बिक्री गरेको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १३:०७