हरियाली छाएकाे बजारमा यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी
३ जेठ, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । अघिल्लाे काराेबारकाे दिन मंगलबार झिनाे अंकले बढेकाे बजार आज भने दाेहाेराे अंकले बढ्न पुगेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.३९ अकंले बढेर १८४५.०१ बिन्दुमा बन्द भएको छ । सेयर बजारमा सुधार आए पनि काराेबार रकममा भने खासै सुधार आउन सकेकाे छैन । आज ८५ कराेड ७६ लाख बढीकाे काराेबार भएकाे छ ।
आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ५ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको ४ करोड ७४ लाख, एनआइसी एशिया बैंकको ४ करोड ७४ लाख, नागरिक लगानी कोषको २ करोड ११ लाख रुपैयाँ र माई खोला हाइड्रोपावरको १ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १५:११












