नेप्सेमा थप २ कम्पनीको बोनस सेयर सूचिकृत, हेर्नुहाेस् कुनको कति ?
३ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज विभिन्न् २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा बुधबार नेपाल बैंक लिमिटेड र फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको हाे ।
१) फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा कम्पनीकाे २५ प्रतिशत बाेनस बापतकाे २१ लाख ११ हजार एक सय २७ दशमलव ४६९ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
२) नेपाल बैंक लिमिटेड
नेप्सेमा बैंककाे २ प्रतिशत बाेनस बापतकाे २८ लाख ८१ हजार एक सय ८० दशमलव ९६६३ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १२:२३












