१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

थप एक कम्पनीको १४.२८ प्रतिशत बोनस सेयर सेयरधनीको खातामा जम्मा

३ जेठ, काठमाडौं । आशा लघुवित्त वित्तिय संस्थाले बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राहि खातामा जम्मा गरेकाे छ । कम्पनीकाे चैत ११ गते सम्पन्न छैंटौं वार्षिक साधारण सभाले पारित गरेकाे १४.२८५७ प्रतिशत बाेनस सेयर फागुन २५ गते कायम सेयरधनीहरुको डिम्याट  खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ ।

साथै, साे मितिपछि हितग्राहि खाता अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमश साे बाेनस सेयर जम्मा गरिने कम्पनीले जनाएकाे छ । हालसम्म भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा सेयर अभौतिकरण भएपश्चात स्वत्तः सम्बन्धित हितग्राहि खातामा उक्त बोनस सेयर जम्मा हुनेछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ११:४७