८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

झिनाे अंकले बढ्याे सेयर बजार, कारोबार रकम भने निरन्तर खुम्चिदै

२ जेठ, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा हरियाली छाएकाे छ । केहीदिन देखि निरन्तर ओरालाे लागेकाे बजारमा मंगलबार भने झिनाे अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२९ अकंले बढेर १८२१.६० बिन्दुमा बन्द भएको छ ।  सेयर बजारमा सुधार देखिएपनि काराेबार भने  सुस्ताएकाे छ ।

आज २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता सेयर किनबेच हुदाँ ६४ करोड १ लाख १७ हजार २६० रुपैयाँको कारोबार भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । माई खोला हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १५:१५