हरियाली छाएकाे बजारमा आज यी हुन् सर्वाधिक कारोबार हुने कम्पनी
२ जेठ, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा हरियाली छाएकाे छ । केहीदिन देखि निरन्तर ओरालाे लागेकाे बजारमा मंगलबार भने झिनाे अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२९ अकंले बढेर १८२१.६० बिन्दुमा बन्द भएको छ । सेयर बजारमा सुधार देखिएपनि काराेबार भने सुस्ताएकाे छ । आज २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता सेयर किनबेच हुदाँ ६४ करोड १ लाख १७ हजार २६० रुपैयाँको कारोबार भएको छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५ करोड एक लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको २ करोड ८८ लाख रुपैयाँ, नबिल बैंकको २ करोड १६ लाख रुपैयाँ, हिमालयन बैंकको एक करोड ६४ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको १ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १५:०९












