५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आज कुन देशकाे कति छ विदेशी मुद्राको विनिमय दर ?

२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ २९ पैसा र बिक्री दर १६५ रुपैयाँ ०४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५५ पैसा रहेको छ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३८ पैसा र बिक्री दर १३१ रुपैयाँ ९८ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २२ पैसा रहेको छ। त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार ०९:५०