५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राष्ट्र बैंक वित्तिय क्षेत्रसँग सम्बन्धित दोस्रो रणनिति पास गर्ने अन्तिम चरणमा छः गर्भनर अधिकारी

२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक वित्तिय क्षेत्रसँग सम्बन्धित दोस्रो रणनिति पास गर्ने अन्तिम चरणमा रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा नेपाल विमा प्राधिकरणको ५५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले वित्तिय क्षेत्रको पहिलो चरणको रणनिति कार्यन्वयन गरिसकेको बताउँदै दोस्रो रणनितिको अन्तिमा चरणमा रहेको बताएका हुन् ।

दोस्रो रणनितिमा विमासँग सम्बन्धित विषयहरुमा विमा प्राधिकरण र विमासँग सम्बन्धित संथाहरुको महत्वपूर्ण सुझाबहरु लिने उनले जानकारी दिए ।

उनले भने‘ हामीले वित्तिय क्षेत्रको राष्ट्रिय पहिलो रणनिति कार्यन्वयन गरीसकेका छौँ । दोस्रो रणनिति पास गर्ने अन्तिमा छौं । त्यो रणनितिभित्र वित्तिय क्षेत्र भित्रको विमासँग सम्बन्धित विषयहरुमा विमा प्राधिकरण र विमासँग सम्बन्धित संथाहरुको महत्वपूर्ण सुझाबहरु लिने छौं र सहि रणनिति लिएर अगाडि बढ्ने छौं ।’

उनले राष्ट्रिय विमा प्राधिकरणले आफ्नो काम कार्वाही नियमन र सुपरिवेक्षण सबै कुरामा सुधार गदै आएको टिप्पणी गरे ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार ०७:३३