२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

अष्ट्रेलियाको राजधानीमा प्रवासी नेपाली मञ्चको भेटघाट तथा वार्विक्यु

अष्ट्रेलिया प्रवासी नेपाली मञ्च(ओएनएफ) अष्ट्रेलियन क्यापिटल टेरोटेरी(एसिटी)को आयोजनामा भेटधाट तथा वार्विक्यु कार्यक्रमसम्पन्न भएको

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बूले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई मातृ भुमीको विकासकालागि ज्ञान सिप लगानी देशमा भित्राउन आग्रह गरे लिम्बूले कोरियाको उदाहरण दिदै नेपालको विकासमा प्रवासीको भुमीकामहत्वपुर्ण रहेको बताए

ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशव जोशीले प्रवासी नेपालीहरुलाई मातृभुमीमा आकर्षण गर्न दोहोरो नागरिकताका नाममा झुलाउने , शंका गर्ने खाल्को नभएर ढुक्क भएर लगानी गर्ने वातावरण निर्माण हुनु पर्ने बताए

एनआरएनए अष्ट्रेलियाका महासचिव राजु अधिकारीले प्रवासमा नेपाली समुदायको हितमा सबै संघ संस्थाहरुलाई हातमा हात साथमासाथ दिएर अगाडि बढ्न आग्रह गरे

नेपाली समुदायका अगुवाहरुको उपस्थिति रहेको कार्यक्रम अध्यक्ष अभिषेक उप्रेतीको सभापतित्वमा भएको थियो

प्रकाशित मिति : 15:34