५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

साेमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

१ जेठ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन  आइतबार सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाका १ हजार ३७५ रुपैयाँ कायम भएको छ। आइतबार पनि चाँदीको मूल्य स्थिर रहँदै चाँदी तोलाको १ हजार ३७५ रुपैयाँमै किनबेच भएको थियो।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार ११:१३