सेयर बजारमा गिरावट कायमै, ९० करोड ५ लाखकाे काराेबार
३१ वैशाख, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार पनि सेयर बजारकाे गिरावटले निरन्तरता पाएकाे छ । आज सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९६ अकंले घटेर १८२१.६४ बिन्दुमा बन्द भएको छ । आज २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर किनबेच हुदाँ ९० करोड ५ लाख ६३ हजार ८५६ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका ४० कम्पनीको सेयरमूल्य बढेको छ । १६९ कम्पनीको सेयरमूल्य घटेको छ भने ९ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १५:१८












