यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी
३१ वैशाख, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार पनि सेयर बजारकाे गिरावटले निरन्तरता पाएकाे छ । आज सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९६ अकंले घटेर १८२१.६४ बिन्दुमा बन्द भएको छ । आज २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर किनबेच हुदाँ ९० करोड ५ लाख ६३ हजार ८५६ रुपैयाँको कारोबार भएको छ ।
आज नागरिक लगानीक कोषको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ५ करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ५९ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५७ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ६० लाख र नबिल बैंकको ३ करोड ७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १५:११












