२४ अर्ब ७४ करोड बढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल
३१ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले भोलि जेठ १ गते सोमबार २४ अर्ब ७४ करोड रुपैयाँ बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।
केन्द्रीय बैंकले जेठ २ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल साेमबार गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल २०८० जेठ ३० गते परिपक्व हुनेछ।, राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल साउन ३० गते परिपक्व हुनेछ।,१८२ दिनका लागि ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल कात्तिक २८ गते परिपक्व हुनेछ भने ३६४ दिनका लागि १ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल २०८१ जेठ १ गते परिपक्व हुनेछ।
यी ट्रेजरी बिल भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १३:४४












