२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भ्रष्टाचारीलाई बागमतीमा चोपल्नुपर्छः बालेन साह

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले भ्रष्टाचार विरुद्ध नागरिकले गरेको खबरदारीले मात्रै कारर्बाही हुनेमा आशंका व्यक्त गरेका छन् । शनीवार राती सामाजिक सञ्जाल फेसबुक बाट उनले भ्रष्टाचारी विरुद्धमा मुख खोले ।

तर, आम नागरिकले भ्रष्टाचार विरुद्ध गरेको खबरदरीलाई सडक नाटकको संज्ञा दिएका उनले सरकारले कारबाही गर्ने प्रति आशंका व्यक्त गर्दै प्रर्दशन भन्दा सिधा कारबाही गर्नुपर्ने बताएका छन् । उनले नेतालाई नीति बनाउनलाई भोट दिएर जिताएर पठाएको भन्दै जनताले नै कारबाही गर्नुपर्ने आशयको धारणा व्यक्त गरेका हुन् ।

‘‘भ्रस्टाचार बिरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपाल्नुस । यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले । पत्याउँदिन म चाँही । तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।’’ बालेनले भनेका छन् । सामाजिक सञ्जालमा समसामयिक विषयमा सक्रिय रहने साहले फेसबुक मार्फत् सरकारले भ्रष्टाचारीलाई कार्बाही गर्नेमा आशंका व्यक्त गरे ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार ०८:४४