८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

गल्फको विशेष प्रशिक्षणका लागि सुवास तामाङ अष्ट्रेलिया प्रस्थान

३० वैशाख, काठमाडाैँ । नेपाल नम्बर एक एमेच्योर गल्फ खेलाडी सुवास तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप ९एएसी०ले सञ्चालन गर्ने एएसी एकेडमी प्रशिक्षणमा सहभागी हुन अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सुबासलाई शुभकामना सहित बिदाई गरे । सुवासले जेठ १ देखि ५ गतेसम्म मेलबर्नमा आयोजना हुने बिशेष प्रशिक्षणमा सहभागिता जनाउने छन् । सुवास हाल विश्व एमेच्योर गल्फ वरियतामा १८९औं स्थानमा रहेका छन् ।

मेलबर्नमा सुवासले विज्ञहरुबाट सञ्चालन हुने गल्फ, खेल विज्ञान, फिटनेस लगायतका सेसनमा भाग लिनेछन् । आगामी अक्टोवर महिनामा रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपको तयारीका लागि खेलाडीहरुलाई विशेष प्रशिक्षण प्रदान गर्ने योजनाका साथ एएसी एकेडमी आयोजना गरिएको जनाईएको छ ।

अक्टोवर २६ देखि २९ सम्म रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा सुवास र सदभाव आचार्यले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार १५:१३