१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राष्ट्र उत्थान लघुवित्तको लाभांश किन भयाे रद्द ?

२९ वैशाख, काठमाडाैं । राष्ट्र उत्थान लघुवित्तले यस अघि प्रस्ताव गरेको लाभांश रद्द भएको छ । लघुवित्तले आज (शुक्रबार) नेप्से मार्फत् एक सूचना जारी गर्दै लाभांश रद्द गर्ने जनाएकाे हाे ।

कम्पनीकाे वैशाख १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ नगद सहित १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । तर, कम्पनीको वैशाख २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव रद्द गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

वित्तीय विवरणको नाफा नोक्सान बाँडफााड हिसाबमा लाभांश बारेको निर्णय उल्लेख नगरी नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतार्थ पेश हुन गएको र दोस्रो पटक राष्ट्र बैंकलाई लाभांश वितरणको लागि आग्रह पनि स्वीकृत नभएपछि  लाभांश प्रस्ताव रद्द गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार १०:५९