२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

रास्वपा मुलुकको सही राजनीतिक विकल्प हुन सक्दैनः केपी ओली

२८ वैशाख, काठमाडौं । नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मुलुकको सही राजनीतिक विकल्प हुन नसक्ने दावी गरेका छन् । बिहीबारबाट सुरु भएको केन्द्रयि कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले रास्वपासंग कुनै स्पष्ट राजनीतिक दिशा र खाका समेत नभएको जिकिर गरे ।

रास्वपा पपुलिष्ट भएको तर्क गर्दै ओलीले गत निर्वाचनमा युवा मतदाता, शहरी जनमत र प्रवासी नेपालीहरूमा पपुलिज्मले प्रभाव पारेको निष्कर्ष पनि निकालेका छन् । ओलीको प्रतिवेदनमा भनिएको छ ‘ गठबन्धनमा आबद्ध दलहरूले बढाएको राजनीतिक विकृति, आर्थिक र व्यवासायिक क्षेत्रमा देखा परेका असिम संकट, उत्पादन र रोजगारीको क्षेत्र साँघुरिँदै गरेको अवस्था तथा सेवा प्रवाहमा गम्भीर विचलनका कारण समाजमा निराश बढेको छ, २०६२/०६३ को परिवर्तन र नेपालको संविधान जारी भएपछि समाजमा देखापरेका आशा र उत्साहलाई यी गतिविधिहरूले ठूलो दिएपछि उत्पन्न असन्तुष्टिलाई पपुलिज्मले आफ्नो मुद्दाको रुपमा उठाउन सफल भयो । ’

अध्यक्ष ओलीले पपुलिज्मले व्याप्त समस्या उजागर गर्न सक्ने, प्रश्न पनि उठाउन सक्ने तर समाधान भने दिन नसक्ने दावी पनि गरे । उनले कुनै दर्शन र विचाधारा नभएको र आर्थिक तथा राजनीतिक कार्यदिशा पनि प्रष्ट नहुँदा रास्वपा कहिले वामपन्थी दल त कहिले दक्षिणपन्थी दलहरुसंग टाँसिन पुग्दा यस्ले मुलुकलाई निकास दिने राजीतिक विकल्प बन्न नसक्ने दावी गरेका छ ।

प्रतिवेदनमा भनिएको छ ‘ यस्ता शक्ति कहिलेकाहीँ सामाजिक अराजकता र स्थापित प्रणालीका विरूद्ध विभिन्न शक्ति केन्द्रहरूबाट उपयोग हुने जोखिम बढी हुन्छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार १५:३८