२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

भुटानी शरणार्थी प्रकरणबारे जेठ ४ गते संसदमा बोल्छुः अध्यक्ष ओली

२८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आफू संसद्मा बोल्ने बताएका छन् । बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले शरणार्थी प्रकरणबारे कुराहरू जेठ चार गतेको संसद् बैठकमा बोल्ने बताएका हुन् ।

उनले भने ‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु । चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो ?कसले पठायो ? को संलग्न छ?भन्ने तथ्यसहित संसदमा जानकारी गराउने कोसिस गर्नेछु । ’

२०–२२ दिनसम्म बयान लिएर पनि रोकिएको सूचना आफूलाई भएको भन्दै ओलीले त्यसलाई रोक्न खोज्दा खोज्दै पनि नसकेपछि बल्ल अनुसन्धान प्रक्रिया अघि बढेको बताएका छन् ।

यसैबीच भ्रष्टाचार प्रकरणमा एमालेका नेताहरु र एमालेको सरकारमा रहेकाहरुको मात्र नाम आएको भन्दै अध्यक्ष ओलीले जो सुकैको नाम आए पनि दोषी भए कारबाही गर्नु पर्ने बताए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार १४:२५