२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

लडाकुको नाममा राज्यको ढुकुटी अनुचित ढंगले चलाउनु भ्रष्टाचारः अध्यक्ष ओली

२८ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एकलौटी निर्णय गरेर पूर्वलडाकुलाई पैसा दिन लागेको आफ्नो भनाइ दोहोर्याएका छन् ।

बिहीबारदेखि काठमाडौंमा सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले अर्थतन्त्रमा समस्या भएका बेला लडाकुलाई पैसा दिने निर्णय सरकारले गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

उनले भने ‘विकास निर्माणका काम अवरूद्ध छन् । यस्तो बेलामा लडाकु, क–कसलाई भनेर फेरि २ लाख रुपैयाँ बाँड्ने भन्ने एकलौटी निर्णय गरेर माओवादी केन्द्र नेतृत्वको सरकार अघि बढ्न खोजिरहेको छ । सरकारबाट बलजफती निर्णय गराउने र फेरि एक लाख ५० हजार त्यो कार्यकर्तालाई दिने अनि बाँकी आफैँ लिने? लडाकु शिविरका सवालमा पनि त्यस्तो भएको थियो। ’

अध्यक्ष ओलीलेराज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्नु भनेको भ्रष्टाचार भएको टिप्पणी गरे । राज्यको अबौं हिनामिनाको अख्तियारले छानबिन गर्नुपर्ने उनको भनाई छ । यसपटक पनि लडाकुको नाममा लिएको रकम माओवादी पार्टीले नै राख्ने आरोप पनि ओलीले लगाए ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार १३:४९