५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सुनको मूल्य नयाँ रेकर्ड नजिक, कति पुग्याे ताेलाकाे ?

२७ वैशाख, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ।

यसअघि गत वैशाख २१ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियाे। यो दिन छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लाे काराेबारकाे दिन मंगलबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने चौथो दिन पनि स्थिर पनि स्थिर रहेकाे छ । चाँदीको मूल्य गत आइतबारदेखि  तोलाको १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार ११:३६