२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रि बजेट छलफल सकिँदै, अर्थमन्त्रीले आजै सांसदहरूलाई जवाफ दिने

२७ वैशाख, काठमाडाैं । आगमी वर्षका लागि बिनियोजन हुने बजेटको सिद्धान्त तथा प्राथमिकता माथिको छलफल आज(बुधवार)बाट सकिँदैछ । आइतवारदेखि प्रतिनिधि सभामा बजेटको सिद्धान्त तथा प्राथमिकताका सम्बन्धमा छलफल जारी छ ।

छलफलमा प्रतिनिधि सभा सदस्यहरुले आफ्ना धारणा राखेका छन् । सोही धारणा माथि अर्थमन्त्री प्रकाशशरण महतले आज सभामा जवाफ दिनेछन् । प्रतिनिधि सभा सदस्यहरुले उठाएका माग तथा प्रश्न माथि दिउँसो १ बजेबाट अथमन्त्री महतले जवाफ दिनेछन् । त्यसलगतै बजेट छलफल सकिनेछ ।

अर्थमन्त्री महतले राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ मंगलवार नै दिइसकेका छन् । यसक्रममा उनले सामाजिक सुरक्षाभत्ता कटौती नहुने स्पष्ट पारेका थिए । अधिकांश सदस्यले सामाजिक सुरक्षा भत्ता कटौतीमा माथि प्रश्न उठाएपछि अर्थमन्त्री महतले उक्त बिषय स्पष्ट पारेका थिए । सरकारले आगमी १५ जेठमा बजेट ल्याउँदैछ । यस सम्बन्धमा राजनीतिक दल पनि आन्तरिक छलफलमा छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार ०९:२६