२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

गैरकानूनी प्रसारण रोक्न केबल टेलिभिजन व्यवसायीको सरकारसंग माग

२६ वैशाख, काठमाडौं । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले, गैरकानूनी प्रसारण तत्काल बन्द गराउन सरकारको ध्यानाकर्षण गराएको छ । मंगलवार सञ्चार तथा सूचना प्रविधि रेखा शर्मालाई भेटेर महासंघको टोलीले गैरकानूनी रूपमा सञ्चालनमा रहेका च्यानल बन्डलिङ, ओटीटी प्ल्याटफर्मका सामाग्रीहरूको अवैध प्रसारण रोक्न ध्यानाकर्षण गराएका हुन् ।

सरकारले टेलिभिजन सामग्री प्रसारणका लागि आलाकार्ट प्रणाली लागू गरेपनि विभिन्न माध्यमबाट नेपालमा भइरहेका अवैध सामग्रीहरू वितरण भइरहेको भन्दै त्यस्ता गतिविधिमाथि रोक लगाउन उनले आ रोक लगाउन उनीहरूको माग छ । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष मनोज गुरुङले कानून बनाएर नियमन गर्ने कार्य नुहदाँ सम्म अवैध वितरण बन्द हुनु पर्ने बताएका छन् । उनले भने ‘हाम्रो अरु केही कुरा होइन् बारम्बार भनिरहेका छौं । यो अवैधानिक वितरण बन्द हुनुपर्र्यो ।’

विदेशी सशुल्क च्यानलहरूको शोषणका कारण नेपाली उद्योग धराशायी बन्दै गएको उनीहरुको जिकिर छ । राष्ट्रिय प्रसारण नियमावली अनुरूप प्रसारणको क्षेत्रलाई नियमन गर्ने नियमनकारी निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय भएपनि नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गई ओटीटी रेगुलेटरी फ्रेमवर्क लागू गर्न गराउन खोज्नु कानूनविपरीत रहेको व्यवसायीहरूको भनाई छ । ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले अवैधरुपमा सञ्चालनमा रहेका ओटीटी प्ल्याटफर्महरुको नियमनमा सरकारले छिट्टै नै प्रभावकारी कदम चाल्ने आश्वासन दिइन् । अध्ययन गरेर चाँडै यसबारेमा ठोस निर्णय लिने मन्त्री शर्माको आश्वासन छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १५:३९