२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

आम जनताले देशप्रति अपनत्व जनाउने अवसर नपाएको सांसद साहको गुनासो

२६ वैशाख, काठमाडौं । आम जनता पार्टीका नेता तथा सांसद प्रभु साहले जनतालेराज्य मेरो हो भन्ने महसुस गर्न नपाएको टिप्पणी गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले दलका आसेपासहरूलाई मात्रै देश मेरो हो भन्ने महसुस भएको भन्दै आम जनतालाई त्यो महसुस नभएको बताए।

उनले भने ‘यो सरकार मेरो हो, यो राज्य मेरो हो भन्ने महसुस दलका आसेपासहरूलाई मात्रै भएको छ । आम जनतालाई त्यस्तो महसुस भएको छैन । मुठ्ठीभर मान्छेहरू मात्रै खुसी छन् । आम जनता दुःखी छन् । दलभित्र पनि सिन्डिकेट छ र मुठ्ठीभर मान्छेले लाभ लिइरहेका छन् । स्थिरता दिन सकिएको छैन । एकताभाव दिन सकिएको छैन ।’

देशको आर्थिक समस्या पहिचान गरेर समाधान नगरेसम्म विकास र समृद्धि सम्भव नभएको बताए। जसकारण आम युवाहरू उदाशीन बनेको र विदेश पलायन हुने क्रम रोक्न नसकिने उनको भनाइ छ । साहले आर्थिक समस्याको समाधानसँगै समस्याको कारण पनि पहिचान गर्न सरकारलाई सुझाव दिए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १४:३४