२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

रवि लामिछानेले गृहमन्त्री भएको सात दिनमै एक अर्ब बढीको चलखेल गरेः भीम रावल

२६ वैशाख, काठमाडाैं । नेकपा एमालेका नेता, पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावलले रवि लामिछानले गृहमन्त्री भएको सात दिनमै एक अर्ब भन्दा बढीको चलखेल गरेको आरोप लगाएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा उनले आम नागरिकका सम्पूर्ण व्यक्तिगत विवरण हेर्न निजी कम्पनीलाई अनुमति दिएर पूर्व गृहमन्त्री लामिछानले एक अर्ब भन्दा बढीको कारोबार गरेको आरोप लगाए ।

उनले भने ‘उहाँ गृहमन्त्री भएको सात दिन भित्रै निजी कम्पनीलाई तपाई हाम्रो सम्पूर्ण विवरण हेर्ने अधिकार दिइयो । एक अरब भन्दा बढी रुपैयाँको त्यहाँ कारोबार छ । अनि देशको गृहमन्त्री दुर्इंवटा नागरिकता र दुईवटा राहदानी । अर्को गृह मन्त्री, नक्कली भुटानी शरणार्थी बनाउने । अर्का उपप्रधानमन्त्री त्यही धन्दामा लाग्ने । हाम्रा राज्यका मानिसहरु यी कुराहरुलाई हेर्नु प¥यो गम्भीर रुपमा ।’

भुटानी शरणार्थी सम्बन्धि मुद्दा मानव वेचविखन जस्तो गम्भीर अपराध भएको उनको भनाइ छ । उनले यस प्रकरणमा प्रहरीले आफ्नो भूमिका निर्वाह गरिरहेको भन्दै, नेताहरुले अपराधी बचाउने षड्यन्त्र गर्न सक्ने आशंका गरे ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १५:३४