२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सांसद सुवालको प्रश्नः प्रधानमन्त्रीले देखाउने भनेको फिल्म कुन हो ?

२६ वैशाख, काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीले देखाउने भनेको फिल्म कुन हो भनेर प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद सुवालले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलको फिल्म देखाउने हो भन्ने प्रश्न गरे ।

उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव बेचबिखन गरी भ्रष्टाचार गर्ने व्यक्तिहरुलाई सार्वजनिक गर्न समेत माग गरे ।
उनले भने,‘सभामुख महोदय मार्फत प्रधानमन्त्रीलाई यो संसद्मा स्पष्ट गराउनु पर्ने केही विषय राख्न चाहन्छु । नेपालीलाई भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने र अरबौँ ठगी गर्नेहरू को को हुन, प्रधानमन्त्री ज्यू ले फिल्म देखाउने भन्नुभएको थियो, अहिले दाहालजी, देउवाजी र ओलीजीको भइरहेको मिटिङ त्यो फिल्म देखाउनकै लागि हो कि ?’ सांसद सुवालले बर्खाको पानी जम्मा हुने गरी खोलामा ड्याम बनाउनका लागि बजेटको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १२:४९