२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एमाले सांसद गैरेकाे प्रश्नः नक्कली भुटानी शरणार्थी काण्डका आरोपी संसदमा बोल्दा सरकार के गर्दैछ ?

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कामलाई देशद्रोहीको संज्ञा दिएका छन्। गैरेले प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा बोल्दै देशद्रोही काममा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनले भने, ‘देशद्रोही काममा संलग्न व्यक्तिहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ। केही व्यक्तिहरू पक्राउ परेका छन्। केही सांसदहरू भागिरहनुभएको छ। केही सांसद जो नोटिसमा हुनुहुन्छ। जो सदनमा बोलिरहनुभएको छ।’ उनले सो प्रकरणको विषयमा छानबिन के भइरहेको छ भन्दै सरकारसँग जवाफ मागे।

उनले भने, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौँ असुल्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो । यो भष्टाचारजन्य अपराध मात्र नभएर राष्ट्रघात पनि हो । देशद्रोही काम हो । त्यसकारण यस्तो काममा संलग्न मान्छेहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ ।’

उनले अगाडि थपे, ‘यतिमात्र हैन कि हामीले विभिन्न समाचारहरूमा सुनिरहेका छौँ केही व्यक्तिहरू पक्राउ परेका छन् । केही व्यक्ति र सांसदलाई वारेन्ट गरिएको छ, उहाँ भागिराख्नुभएको छ केही सांसदहरू जो नोटिसमा हुनुहुन्छ, उहाँ सदनमै हुनुहुन्छ, सदनमा बोलिराख्नुभएको छ यो के भएको हो ? म यो सदनमार्फत, सभामुख मार्फत, सरकारलाई यो विषयमा जाँचबुझ के भइरहेको छ, छानबिन के भइरहेको छ, यसमा संलग्न को हुन्, यो सरकारले के गरिरहेको छ ?’

 

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १२:१८