१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नाडेप लघुवित्तको नाफा ८९.९५ प्रतिशतले घट्याे,प्रतिसेयर आम्दानीमा पनि गिरावट

२६ वैशाख, काठमाडाैं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ५२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको साेही अवधिको तुलनामा कम्पनीकाे खुद नाफा ८९.९५ प्रतिशतले कम हो। गत वर्षकाे यही अवधिमा कम्पनीले ५ करोड १९ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ९२.४७ प्रतिशतले घटेर ५३ लाख २५ हजार रुपैयाँमा सीमित बनेको छ। गत वर्षकाे साेही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७ करोड ७ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीकाे खुद ब्याज आम्दानी २६.९५ प्रतिशतले घटेर २१ करोड ६७ लाख रुपैयाँ रहेकाे छ। गत वर्षकाे यही अवधिमा कम्पनीकाे खुद ब्याज आम्दानी २९ करोड ६६ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेको कम्पनीकाे तेस्रो त्रैमासमा २ अर्ब ९ करोड रुपैयाँ सापटी लिई ५ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।  संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १.४३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७७.१६ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार ११:२९