एमाले रूपान्तरणका लागि योगेश भट्टराईले मागे सुझाव
९ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी रूपान्तरणका लागि सुझाव माग गर्नुभएकाे छ । सामाजिक सञ्जालमार्फत भट्टराईले निर्वाचनका कारण पार्टीलाई ठूलो धक्का लागेको उल्लेख गर्नुभएकाे छ ।
उहाँले लेख्नुभएकाे छ, ‘२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको छ। निर्वाचनको परिणामले एमालेलाई ठूलो धक्का लागेको छ। नेकपा एमाले जस्तो लोकप्रिय, बलियो जनआधार र बलियो संगठन भएको पार्टी किन यो हालतमा पुग्यो। यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्छ।’
‘समीक्षामार्फत् जिम्मेवारी किटान गर्नुका साथै जवाफदेहिताको प्रश्न हल हुनेछ। यसका लागि निम्न विषयमा राय, सुझाव, टिप्पणी पठाउन अनुरोध गर्दछु। निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुमा कुन कुन कारण होलान? र किन? (नीति, नेतृत्व, संगठन, व्यवहार, कार्यशैली, व्यवस्थापन, एजेण्डा, प्रचार आदि) आन्तरिक र बाह्य कारण? एमालेको रूपान्तरणका लागि कुन कुन पक्षमा के के सुधार गर्नु पर्ला? सुधारका प्रस्ताव सहित। अनि रूपान्तरणको विधि र प्रक्रिया बारेम। एमालेका सबल र कमजोर पक्ष अनि एमालेको सम्भावना,’ उहाँले सुझाव माग गर्दै भन्नुभएकाे छ ।
प्रकाशित मिति : March 23, 2026 at 5:06 pm









