२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एमालेको सचिवालय बैठक आज बस्दै

२६ वैशाख, काठमाडाैं ।  नेकपा एमालेको सचिवालय बैठक आज(मंगलवार)च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने भएको छ ।

सचिवालय बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषयमाथि छलफल गरिने छ । एमालेको केन्द्रीय समिति बैठक २८ वैशाखबाट सुरु हुँदैछ ।बैठक झापामा हुने भनिएको थियो । तर, संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नुपर्ने भएको हुँदा बैठक काठमाडौंमा नै गर्ने निर्णय भएको हो ।

एमालेका अनुसार गत ४ मंसिरमा सम्पन्न निर्वाचन तथा हालै सञ्चालन गरिएको ‘मिसनग्रास रुट’को समीक्षा लगायतका बिषय बैठकमा छलफल हुने भनिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार ०९:२८