२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

२५ वैशाख, काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत सिफारिस भएको छ । सोमवार साँझ बसेको संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मत सिफारिस गरेको हो ।

बैठकपछि परिषद्का सदस्य राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले, कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई नै प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत सिफारिस गरेको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १९:३३