२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

संवैधानिक परिषदको बैठक सुरु

२५ वैशाख, काठमाडौं । संवैधानिक परिषदको बैठक सिंहदरबारमा सुरु भएको छ ।  प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न बसेको बैठकमा परिषदका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गत मंसिरमा अवकाश पाएपछि न्यायपालिका नेतृत्वविहीन छ । यसअघि वैशाख ६ गते राखिएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसका सम्बन्धमा सर्वसम्मति हुन सकेको थिएन ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १८:४८