२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

गगनलाई लक्षित गर्दै कांग्रेस प्रवक्ताले भनेः पार्टी भित्रको निर्णय प्रक्रियामा विभेद छैन

२५ वैशाख, काठमाडौं । अर्थमन्त्री समेत रहेका कांग्रेस प्रवक्ता डाक्टर प्रकाशशरण महतले पार्टी भित्रको निर्णय प्रक्रियामा कुनै पनि विभेद नरहेको जिकिर गरेका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले, पार्टी भित्रको प्रवृतिबारे असन्तुष्टि पोखेको विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले पार्टी भित्रको निर्णय प्रक्रियामा कुनैपनि भेदभाव नरहेको जिकिर गरे ।

उनले भने ‘कुनैपनि विषय निर्णय गर्नु पर्छ भन्ने कुरा आइसकेपछि त्यो कुरालाई पार्टी सभापतिले नकार्या छैन् । भनेपनि मलाई लाग्छ अरु खाले टिप्पणी गर्नुपर्ने कुनै कारण र आवश्यकता म देख्दिन् ।’ उनले पार्टी भित्रको हरेक विषय साझा रुपमा छलफल भएर मात्रै हुने गरेको उनको भनाई छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १७:०९