२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

अर्थमन्त्री अनुपस्थित भएपछि संसदमा विपक्षीको आपत्ती, बैठक १५ मिनेटका लागि स्थगित

२५ वैशाख,  काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अर्थमन्त्री बैठकमा उपस्थित नभएकोमा नियमावलिको उल्लङ्घन भएको उल्लेख गरेका छन् ।

प्रतिनिधि सभा बैठकको बीचबाट अर्थमन्त्री उठेर गएपछि उनले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुदाँ सम्बन्धित मन्त्री अनिवार्य रुपमा उपस्थित हुनुपर्ने नियमावालीमा लेख्दा पनि त्यसको पालना नभएको बताए ।

उनले भने, ‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्छ, कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुदाँ सम्बिन्धित मन्त्री अनिवार्य रुपमा उपस्थित हुनुपर्छ । अनिवार्य उपस्थित हुनपर्ने भनेर नियमावालीमा लेखिएको हुँदा हाउस स्थिगित चाहि नगरौ कुरौ तर उपस्थिति अनिवार्य चाहियो, यो नियमावलिको उल्लङ्घन गरिएको छ ।’

अर्थमन्त्री केही समयका लागि प्रतिनिधि सभा बैठक छोडेर राष्ट्रिय सभा बैठकमा गएका थिए । यसप्रति सबै सांसदहरुले आपत्ति जनाएका हुन् ।
यसैबीच प्रतिपक्षले आपत्ति जनाएपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १४:५४